निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध कानुनी प्रतिवाद गर्ने

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १७ : ४३
निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध कानुनी प्रतिवाद गर्ने

काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरूद्ध कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीले कारवाही गरेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले सूचना टाँस नगरेको भन्दै उनीविरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले पार्टीले कारवाही गरेकाहरूलाई समेत सनाखत गराएर नयाँ पार्टी गठनमा मान्यता दिएको भन्दै आयोगविरुद्ध पनि कानुनी उपचारमा एमाले जाने भएको छ ।

बैठकका निर्णय जानकारी गराउँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले सभामुख र निर्वाचन आयोग दुवैले गल्ती गरेकाले त्यसविरुद्ध एमालेले कानुनी प्रतिवादमा उत्रने निर्णय गरेको जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस