भूपू ब्रिटिस गोर्खाहरुलाई आमरण अनसन फिर्ता लिन सरकारको आग्रह

सफल खबर संवाददाता

सोमबार, ३२ साउन २०७८, १२ : ३५
भूपू ब्रिटिस गोर्खाहरुलाई आमरण अनसन फिर्ता लिन सरकारको आग्रह

काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

त्यसका लागि कूटनीतिक प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी दिंदै कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गर्छौं ।’

प्रतिक्रिया दिनुहोस