एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले म्यान्चेस्टर सिटीलाई १-० ले हराएको छ ।गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन कोरियाली खेलाडी सन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध पारेको हो ।यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्नसक्ने सन्देश दिएको छ ।
केनलाई म्यान्चेस्टर सिटीले आफ्नो टोलीमा भित्र्याउने प्रयास गरिरहेको छ । प्रिमियर लिगकै अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले न्युकायसल युनाईटेडलाई ४–२ ले हरायो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ साउन २०७८, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रिमियर लिग : बर्नलीलाई हराउँदै चेल्सी तालिकाको दोस्रो स्थानमा