काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन गरिएको बारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगि थापाले देउवाको ध्यानाकर्षण गराएका हुन् ।
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका थापाको भनाइ छ । देउवाले यो विषयलाई गम्भीरताका साथ लिएको थापाले बताए ।
साथै तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने कुराको विश्वास समेत दिलाएको उनले बताए । परीक्षा केन्द्रहरूमा एकै कोठामा धेरै विद्यार्थी राखिएको, स्वास्थ्य मापदण्डको कडाइका साथ पालना नगरिएकोले कोरोना फैलने जोखिम रहेको भन्दै थापाले बताएका हुन् ।
सरकारले कक्षा १२ को परीक्षा रोके पनि त्रिविलगायतका परीक्षा भने सञ्चालन भइरहेका छन्। त्रिविले भदौ ५ सम्मका परीक्षाहरू सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर नीति र बजेटले मध्यम वर्गलाई थप मारमा पार्यो : गगन थापा
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड