काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन गरिएको बारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगि थापाले देउवाको ध्यानाकर्षण गराएका हुन् ।
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेका थापाको भनाइ छ । देउवाले यो विषयलाई गम्भीरताका साथ लिएको थापाले बताए ।
साथै तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने कुराको विश्वास समेत दिलाएको उनले बताए । परीक्षा केन्द्रहरूमा एकै कोठामा धेरै विद्यार्थी राखिएको, स्वास्थ्य मापदण्डको कडाइका साथ पालना नगरिएकोले कोरोना फैलने जोखिम रहेको भन्दै थापाले बताएका हुन् ।
सरकारले कक्षा १२ को परीक्षा रोके पनि त्रिविलगायतका परीक्षा भने सञ्चालन भइरहेका छन्। त्रिविले भदौ ५ सम्मका परीक्षाहरू सञ्चालन गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ साउन २०७८, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा
विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ : गगन थापा
‘हामी न झुक्छौँ, न झुकिन्छौँ’: गगन थापा