काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि माधव नेपाललाई भेट्न कोटेश्वर पु्गेका छन् । आज साँझ प्रचण्ड कोटेश्वर पुगेर माधव नेपालसँग भेटवार्ता गरेका छन् ।
भेटको क्रममा माधव नेपाललाई प्रचण्डले सरकारमा आउन आग्रह गरेका स्रोतको भनाइ छ । यसअघि पनि प्रचण्डले पटकपटक माधव नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए ।
एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला प्रचण्ड माधव नेपालसँग भेटवार्ता गरेका कारण यसलाई एमाले वृत्तमा चासोका साथ हेरिएको छ । माधव नेपालले सरकारमा सहभागी हुने वचन प्रचण्डलाई दिइसकेका छैनन् ।
प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता दिन विराएर वा दिनहुँ वार्ता भइरहेका छन् । माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
एमाले विभाजनका लागि कानूनी प्रक्रियामा समेत सघाउने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ साउन २०७८, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड
२०४६ यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गर्न ‘प्रचण्ड’को माग