काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि माधव नेपाललाई भेट्न कोटेश्वर पु्गेका छन् । आज साँझ प्रचण्ड कोटेश्वर पुगेर माधव नेपालसँग भेटवार्ता गरेका छन् ।
भेटको क्रममा माधव नेपाललाई प्रचण्डले सरकारमा आउन आग्रह गरेका स्रोतको भनाइ छ । यसअघि पनि प्रचण्डले पटकपटक माधव नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए ।
एमाले एकताको सम्भावना सकिएको भनेर नेपाल पक्षले निष्कर्ष निकालेकै बेला प्रचण्ड माधव नेपालसँग भेटवार्ता गरेका कारण यसलाई एमाले वृत्तमा चासोका साथ हेरिएको छ । माधव नेपालले सरकारमा सहभागी हुने वचन प्रचण्डलाई दिइसकेका छैनन् ।
प्रचण्ड र माधव नेपालबीच पछिल्ला केही सातायता दिन विराएर वा दिनहुँ वार्ता भइरहेका छन् । माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउनकै लागि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।
एमाले विभाजनका लागि कानूनी प्रक्रियामा समेत सघाउने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ साउन २०७८, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गणतान्त्रिक प्रणालीमा प्राप्त परिणामलाई सकारात्मक रूपमा लिएको छु : प्रचण्ड
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड