सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो ।
मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले बताए । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ ।
हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।
उनका अनुसार बाढीले चनौटे ग्याल्थुम र ढुङ्गे्र बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेका छन् । यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार पनि अहिले जोखिममा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १९ साउन २०७८, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण सुरु, धाराको पानी खाएर प्रधानमन्त्रीले गरे शुभारम्भ
मेलम्ची खानेपानी मर्मतको काम अन्तिम चरणमा
मेलम्चीको पानी हामीले कहिले खान पाउने भन्दै नेविसंघको प्रदर्शन
२८ दिनभित्र मेलम्चीको पानी पुन: काठमाडौं ल्याउने समितिको दाबी
मेलम्ची नदीमा आएको बाढीले बगायो अस्थायी पुल र सडक
मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल