साउन २५ गतेभित्र एसईई नतिजा सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, २० : २७
साउन २५ गतेभित्र एसईई नतिजा सार्वजनिक

काठमाडौं। साउन २५ गतेभित्र एसईई नतिजा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ ।

यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा सार्वजनिक गर्ने तयारीमा कार्यालय जुटेको छ । कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका थिए । 

प्रतिक्रिया दिनुहोस