एमालेमा फेरि अर्को प्रस्ताव : ‘अध्यक्षमण्डल बनाएर जाऔं’

सफल खबर संवाददाता

बुधबार, १३ साउन २०७८, १० : १९
एमालेमा फेरि अर्को प्रस्ताव : ‘अध्यक्षमण्डल बनाएर जाऔं’

काठमाडौं । नेकपा एमालेमा आन्तरिक विवाद मिलाउन नेताहरुले अनेक विकल्प प्रस्तुत गरिरहेका छन् । पार्टी जेठ २ मा फर्काउने लगायतका प्राविधिक विषयमा कुरा मिलेपनि अध्यक्ष ओली, वरिष्ठ नेता माधव नेपालको प्रष्ट कार्यविभाजन र पावर सेयरिडमा कुरा नमिल्दा सम्म एकता जति राप अलापेपनि सम्भव देखिएको छैन् ।

ओलीले अहिले सत्ता गठबन्धन टुटाउने, बजेटमा राजनीति गर्ने र मुलुकलाई चुनावमै धकेल्ने योजनाका साथ रणनीति बनाईरहेका छन् । त्यसका लागि नेपाल पक्षसँग एमालेभित्रको वास्तविक एकता भन्दा पनि सत्ता गठबन्धन  तोडाउने रणनीतिसँग सम्बन्धित रहेर एकताको प्रयास भईरहेको ओलीकै कतिपय नेताहरुले बताउन थालेका छन् ।

त्यही कारण नेपाल पक्षलाई सोधेको स्पष्टीकरण त्यक्तिकै थन्काएर राख्ने, आम माफी दिने जस्ता घोषणा मात्र ओलीले गरेका छैनन् । दोस्रो अध्यक्ष विद्यान संसोधन गरेर दिने सम्मको प्रस्ताव पनि नेपाल सामु ओली निकट नेताहरुले बोकेर पुगेको पुग्यै छन् । माधव नेपालले दोस्रो अध्यक्षमा पनि नमानेपछि बराबरी हैसियतको दुई अध्यक्ष र पार्टीको निर्णय प्रक्रियामा दुई अध्यक्षको हस्ताक्षर सम्मको प्रस्ताव पनि नेपाल सामु ओली पक्षका नेताहरुले लगिरहेका छन् ।

नेपाललाई भने ओली निकट नेताहरुले लाने गरेको यस्तो प्रस्तावमा चित्त बुझेको छैन् । नेपाललाई आफुलाई ओली समुहले पदलोलुप देखाएर राजनीति गरिरहेको लागेको छ ।नेपालले त्यसरी प्रस्ताव बोकेर आफु कहाँ आउने नेताहरुलाई आफुलाई पद नचाहिएको भन्दै पार्टी साँच्चै विवाद मिलाउन खोजिएको भए केपी ओली सहितको अध्यक्ष मण्डल बनाएर पार्टी महाधिवशेन सम्म जान सकिने नयाँ प्रस्ताव अगाडी सारेको बुभिएको छ । त्यसमा नेपालले वरिष्ठ नेता झलनाथ खनाल, बामदेव गौतम लगायत नेतालाई राखेर अध्यक्ष मण्डल बनाउन सकिने प्रस्ताव गरेको पनि स्रोतको भनाई छ ।

तर नेपालले ओलीले पार्टी अध्यक्ष दिन लागेकोले त्यसमा सहमत जनाउन आफ्नो समुहका भीम् रावल, सुरेन्द्र पाण्डे लगायतको नेताले गरेको आग्रहलाई अस्वीकार गर्दै अध्यक्ष बन्न मनै लागेको भए आफै अध्यक्ष खान गए हुने सम्मको धारणा राखिसकेका छन् । ओलीले सत्ता गठबन्धनबाट माधव नेपाल समुहलाई अलग्याउने, देउवालार्इ संसदमा बहुमत जुटाउन नदिने र फेरि चुनावमा मुलुकलाई धकेलेर जाने रणनीति बनाईरहेका छन् ।

त्यसो गर्दा चुनावमा नेपाल समुहका नेतालाई छानी छानी टिकटबाट बन्चित गरेर एमालेभित्रै सिध्याईदिने रणनीतिमा ओली लागेको देखिएका छन् । त्यसका लागि उनले अहिले लचकताका नाममा भित्री षडयन्त्रमा लागेको माधव नेपाललाई लागेको छ । त्यही भएर पनि उनले ओली समुहबाट आउने प्रस्तावमा सितिमिति विश्वास गर्न सकिरहेका छैनन् । उनले अध्यक्ष मण्डल बनाउन गरेको प्रस्ताव आफु निकटका जनवर्गीय संगठनका नेताहरुसँगको बैठकमा जानकारी दिएका थिए । तर यो प्रस्तावमा ओली मान्ने देखिदैनन् ।

प्रतिक्रिया दिनुहोस