सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

मंगलबार, १२ साउन २०७८, ११ : ४०
सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घट्दै ९१ हजार ८ सय रुपैयाँमा झरेको हो । 

CG Developers Tansen Cement box

गत सोमबार बजारमा प्रतितोला एक सय रुपैयाँले बढ्दै सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत ३ सय रुपैयाँले नै घट्दै ९१ हजार ३०० रुपैयाँमा कायम भएको छ । 

यता, चाँदीको मूल्य भने आज मंगलबार पनि स्थिरता कायम हुँदै प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।