संसदीय समितिको बैठकमा नेपाल पनि सहभागी, संसद जोगाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै सांसदहरूले गरे प्रशंसा

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १२ : १९
संसदीय समितिको बैठकमा नेपाल पनि सहभागी, संसद जोगाउन महत्वपुर्ण भूमिका खेलेको भन्दै सांसदहरूले गरे प्रशंसा

काठमाडौं । नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल संसदीय समितिको बैठकमा सहभागी भएका छन् । 

आइतबार संसद सचिवालयमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपाल सहभागी भएका हुन् । समितिको बैठकमा संसद जोगाउन नेता नेपालले खेलेको भूमिकाप्रति सांसदहरूले सम्मान ब्यक्त गरेका छन् ।

दोश्रो पटक संसद पुनःस्थापना भएपछि नेता नेपाल समितिको पहिलो बैठकमा सहभागी भएका हुन् । उनी निर्धारित समयमै बैठकमा सहभागी हुन सिंहदरबार आइपुगेका थिए । 

बैठकमा  सांसद विपिन राजभण्डारीले संसद पुनःस्थापनामा नेता नेपाल सहित २२ सांसदले महत्वपुर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । उनले संसदको बाँकी समय विधि प्रक्रिया अनुसार अघि बढाउन आग्रह गरे । 

यस्तै सांसद सुदन किराँतीले अघिल्लो सरकारले गरेको कुकर्मको खेद प्रस्ताव पारित गर्न आग्रह गरे । 

सांसद प्रकाशमान सिंहले समितिको बैठकले यसअघि गरेको निर्णय कार्यान्वयन भएको छ कि छैन हेर्न आग्रह गरे । साथै संसदको बाँकी समय संविधान नियम अनुसार अघि बढाउन आग्रह गरे । 

बैठकमा अघिल्लो सरकारले संसद विघटन गरेकोमा सांसदहरूले खेद ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस