काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर'ले कम्युनिष्ट आन्दोलनमा बैचारिक खडेरी परेको धारणा व्यक्त गरेका छन् ।
माक्र्सवादी ज्ञान केन्द्रले बागमती र लुम्बिनी प्रदेशको लागि सुरु गरेको आधारभूत भुर्चअल कक्षा शुभारम्भको अवसरमा बोल्दै नेता प्रभाकरले बैचारिक आदर्शमा स्खलन आएको बताएका हुन् ।
मन्त्री शर्माले माक्सवादी वैचारिक ज्ञानको धरातल कमजोर हुँदा कम्युनिष्ट आन्दोलन नै विघटन हुने खतरा पैदा भएको टिप्पणी गरे । मूल नेतृत्वमा माक्र्सवादी वैचारिक आदर्श कमजोर हुनुको परिणामस्वरुप नै शक्तिशाली नेकपा विभाजन हुन पुगेको उनको भनाइ छ ।
केपी ओलीले माक्र्सवादको अध्ययन गर्नुको सट्टा सुख सागर, रामायण महाभारतको अध्ययन बढी गरेको कारण कम्युनिष्ट आन्दोलन कमजोर बनेको टिप्पणी गरे ।
कम्युनिष्ट दर्शन भनेको श्रमिक र उत्पीडितहरुको मुक्तिको दर्शन भएको भन्दै उनले नेपालमा कम्युनिष्ट आन्दोलन पुनर्संगठित गर्न नेता कार्यकर्ताहरुले माक्र्सवादको ज्ञान, माक्र्सवादी आदर्श र आचरणमा प्रतिवद्ध रहनुपर्नेमा जोड दिए ।
माक्र्सवादी ज्ञान र आदर्शको अनुशरणले मात्र देशभरका लाखौं युवाहरुलाई परिवर्तन र विकासको काममा परिचालन गर्न सकिने भन्दै उनले वर्तमानको डिजिटल युग सुहाउदो संगठन बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ साउन २०७८, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुकुम पश्चिममा जनार्दन शर्माको अग्रता
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक