२५१ म्यानपावरको बिजोग, एक पैसा कारोबार भएन

पत्रपत्रिकाबाट

विहीबार, ०७ साउन २०७८, ०८ : ०९
२५१ म्यानपावरको बिजोग, एक पैसा कारोबार भएन

काठमाडौं । खाडी र मलेसियाबाहेकका नयाँ श्रम गन्तव्यको खोजी गर्न नसक्दा २५१ म्यानपावरको कारोबार नै शून्य भएको छ । कोरोना संक्रमणका कारण खुम्चिएको श्रम गन्तव्यको विस्तार गर्न नसक्दा विदेश जाने मात्र नभई म्यानपावरमा कार्यरत धेरैले रोजगारीसमेत गुमाएका छन् ।

कोरोना संकटका कारण वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरिरहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कोरोना संक्रमणका कारण श्रम गन्तव्यबाट नेपाली श्रमिकको माग नआएपछि सानो लगानीमा सञ्चालनमा रहेका कतिपय म्यानपावर कम्पनी संकटमा परेका छन् । व्यवसाय सञ्चालन गर्न २ करोड धरौटी राखेर इजाजतपत्र लिएको भए पनि श्रम गन्तव्यले माग नपठाउँदा कम्पनीको कारोबार नै शून्य भएर यस्तो अवस्था आएको हो ।

गत वर्षसम्म इजाजतपत्र लिएका ८५४ म्यानपावरमध्ये एक वर्षमा १९ जना श्रमिक विदेश पठाउनेको म्यानपावरको संख्या १४१ रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ ।

 विभागको गत आर्थिक वर्ष २०७७(७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार, हाल सञ्चालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनीमध्ये १० देखि ३० जना श्रमिक पठाउने म्यानपावरको संख्या १२९ रहेको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस