पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०६ साउन २०७८, १६ : ४१
पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय १५ पीसीआर परीक्षणबाट १ हजार ९ सय १८ जना र ३ हजार ९ सय १ एन्टिजेन परीक्षणबाट ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसैगरी गत २४ घण्टामा १ हजार ४ सय ७५ जना कोरोना संक्रमणमुक्त भएका छन्।