चिनको राजधानी बेइजिङ वायु प्रदुषणमुक्त हुँदै

एजेन्सी

आइतबार, १७ मंसिर २०७४, १४ : ३८
चिनको राजधानी बेइजिङ  वायु प्रदुषणमुक्त हुँदै

एजेन्सी । बेइजिङमा वायु प्रदुषणमा यस बर्षको शीतकालमा उल्लेखनीय रूपमा कमी आएको र चिनियाँ राजधानीले यस बर्षको वायु प्रदुषण नियन्त्रण लक्ष्य हासिल गर्न सफल हुने देखिएको चीनको वातावरण मन्त्रालयले जनाएको छ ।

वातावरण संरक्षण मन्त्री ली गान्जियाले हुईझाउमा भएको वातावरणसम्वन्धि एक कार्यक्रमका सहभागीलाई भने, बेइजिङको वायुमा पाइने धुलोको कणको मापन २.५ तहमा आएको बताए । यो गत बर्षको मार्चदेखि नोभेम्बरको समयको तुलनामा यस बर्षको सोही अवधिमा २७ प्रतिशत कमी हो ।  बेइजिङमा शीतकालिन महिनामा वायुप्रदुषणको मात्रामा नराम्ररी बढ्ने गर्दछ ।

सरकारले राजधानी लगायतका शहरमा वायुप्रदुषणको समस्या निकै सङ्कटोन्मुख दिशातर्फ जानथाले पछि यसको कारक मानिने कलकारखाना बन्द गर्ने तथा कोइलाको प्रयोगमा नियन्त्रण गर्ने लगायतका उपाय लिएको थियो ।  लीले चीनले वातावरणीय प्रदुषणमा विगत पाँच वर्षको समयमा अभूतपूर्व सफलता मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस