जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको छ । एक महिनाअघि बेपत्ता बनाइएकी सुजिताको शव आइतबार शौचालयको ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी उमेश रञ्जितकारले जानकारी दिए ।
सुजिताको शव गाडिएको विशेष सूचनाको आधारमा उक्त ठाउँमा उत्खनन् गर्दा शव फेला परेको छ,’ उनले भने, ‘तर शवको डीएनए परीक्षण गर्न बाँकी छ ।’ शव फेला परेपछि यस विषयमा थप अनुसन्धान शुरु गरिएको डीआईजी रञ्जितकारले बताए ।
सुजिताको जेठ २० गते देवर, ससुरा, देवरानीसहितको संलग्नतामा हत्या भएको आरोप छ । सुजिताको घर पक्षले भने सुजिता अन्य परपुरुषसँग भागेको भन्दै आएका थिए । माइती पक्षले भने सुजिताको हत्या भएको दाबी गरेर छानविन गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असार २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा जलेको अवस्थामा शव फेला
कैलालीको जंगलमा २ जना पुरुषको शव फेला
भक्तपुरमा आफ्नै घरमा खुट्टा बाँधिएकाे अवस्थामा वृद्धाको शव भेटियो
रौतहटमा दुई जनाको शव फेला, एक जना बेपत्ता