चितवनमा दुई संक्रमितको मृत्यु, १११ संक्रमित थपिए

सफल खबर संवाददाता

शनिबार, २६ असार २०७८, १७ : २८
चितवनमा दुई संक्रमितको मृत्यु, १११ संक्रमित थपिए

चितवन । पछिल्लो २४ घन्टामा चितवन मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुबै चितवनका हुन् । स्वास्थ्य कार्यालय चितवनको विवरणअनुसार पछिल्लो २४ घन्टामा चितवनमा १११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

चितवनका विभिन्न अस्पतालमा २११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।  आईसीयूमा ६५ जना, भेन्टिलेटरमा १४ जना, एचडीयूमा ४९ जना र जेनरल बेडमा ९७ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

त्यस्तै चितवनमा विगत २४ घण्टामा विभिन्न अस्पतालबाट २८ जना डिस्चार्ज भएका छन् । घरमा आइसोलेसनमा एक हजार ३२३ जना, अस्पतालको आइसोलेसनमा १०१ जना र सार्वजनिक आइसोलेसनमा २६ जना रहेका छन् । चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस