काठमाडौं । प्रधानमन्त्री केपी ओली बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोक निरीक्षणका लागि आज त्यसतर्फ जाने भएका छन् । बाढीले क्षति पुर्याएका विभिन्न ठाउँको निरीक्षणका लागि प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरमार्फत आज सिन्धुपाल्चोक जान लागेका हुन् ।
ओलीले मेलम्ची खानेपानीको मुहानमा बाढीले पुर्याएको क्षतिका साथै क्षतिग्रस्त विभिन्न ठाउँ तथा वस्तीको निरीक्षण गर्नेछन् । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बगजागाईंले स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री सिन्धुपाल्चोक जान लागेको बताए । बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री ओली सिन्धुपाल्चोक जान लागेका हुन् ।
ओलीले हेलम्बु गाउँपालिकाको गणेशे बगर भन्ने स्थानमा पीडितहरूसँग अन्तर्क्रिया गर्नेछन् । त्यसपछि ओली मेलम्चीको सैनिक क्याम्पमा जाने छन् । खनालका अनुसार त्यहाँ, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बाढीले पुर्याएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ असार २०७८, १० : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री ओली
नेपाल र चीनबिचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमाः प्रधानमन्त्री ओली
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ: प्रधानमन्त्री ओली
मन्त्री गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटार
प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी