चितवनमा सक्रिय संक्रमित बढ्दै, एकैदिन थपिए १०७ संक्रमित

सफल खबर संवाददाता

शुक्रबार, २५ असार २०७८, १५ : ३७
चितवनमा सक्रिय संक्रमित बढ्दै, एकैदिन थपिए १०७ संक्रमित

चितवन । चितवन जिल्लामा सक्रिय संक्रमितको संख्या बढ्दै गइरहेको छ । एक हप्ताअघि एक हजारको संख्यामा रहेको सक्रिय संक्रमित बढ्दै गएर एक हजार ३७८ पुगेको छ । 

चितवनमा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।  स्वास्थ्य कार्यालय चितवनका अनुसार ४८९ जनाको परीक्षण गर्दा १०७ जनामा नयाँ कोरोना भाइरसका संक्रमण देखिएको हो ।  हालसम्म चितवनमा १७२०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट १६ जना डिस्चार्ज भएका छन् ।

जिल्लाभर ४६ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घन्टामा चितवनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा २९१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस