गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, २१ : १४
गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ११४१ जनाको नमूना परिक्षण गरिएकामा २६९ जनामा संक्रमण देखिएको हो । 

गण्डकी प्रदेशमा देखिएका संक्रमितमध्ये १३५ पुरुष र १३४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नबराज शर्माले जनाकारी दिए । 

उनका अनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८६,म्याग्दी ११,पर्वत ५, गोरखा ३३, लमजुङ ३२,तनहुँ ९,स्याङ्जामा ४५ र नवलपुरमा ४८ जनामा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५८ हजार ३४८ पुगेको छ ।
त्यसैगरी गण्डकी कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । 

कास्कीका ४ र पर्वतका १ जना रहेका छन् । पोखरा–१७ का ५० बर्षिय पुरुष, पोखरा–३० का ८८ बर्षिय पुरुष, पोखरा–१७ का ६० बर्षिय पुरुष र अन्नपूर्ण–५ का ७३ बर्षिय पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

त्यसैगरी पर्वतको फलेवास नगरपालिका – ५ की ५६ बर्षिय कोरोना संक्रमित महिलाको पोखरास्थित मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८१ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३५२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५४  हजार २०४ पुगेको छ ।