चितवनमा पाँच जना संक्रमितको मृत्यु, ३६ जना डिस्चार्ज

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, १४ : १५
चितवनमा पाँच जना संक्रमितको मृत्यु, ३६ जना डिस्चार्ज

चितवन । पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालबाट पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यहाँका अस्पतालबाट पछिल्लो २४ घन्टामा ३६ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा १ र पुरानो मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 

चितवनका अस्पतालमा ६९ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ । ११ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार गरिएको स्वास्थ्य कार्यालयले दिएको विवरणमा उल्लेख छ ।

चितवनका विभिन्न अस्पतालमा २१३ जना संक्रमितको उपचार भइरहेको छ । चितवनमा पछिल्लो २४ घन्टामा ८२ जना संक्रमणमुक्त हुँदा एक सय जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस