सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

विहीबार, २४ असार २०७८, ११ : ३३
सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य बिहीबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । 

गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजाबी सुनको मूल्य समेत १०० रुपैयाँले नै वृद्धि हुँदै प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । 

तर, यता चाँदीको मूल्य भने बिहीबार प्रतितोला १० रुपैयाँले घट्न पुगेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा झरेको छ ।
 

प्रतिक्रिया दिनुहोस