संक्रमितको उपचारमा अस्पतालले दोहोरो रकम असुले : स्वास्थ्य मन्त्रालय

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १६ : ४६
संक्रमितको उपचारमा अस्पतालले दोहोरो रकम असुले : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामी दुबैसँग दोहोरो रकम असुलेको जनाएको छ । 

९ जना बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसन्धानमा तातेको थियो ।  निजी अस्पतालहरुले सरकार र बिरामी दुबैतिरबाट उपचार खर्च लिएको स्वास्थ्य मन्त्रालयले फेला पारेको थियो । 

बिरामीले कुपन्डोलको सर्वाङ्ग स्वास्थ सदन, विराटनगरको विराट मेडिकल शिक्षण अस्पताल,  नेपाल मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, मनमोहन मेमोरियल अस्पताल र मेडिकेयर अस्पतालले सरकार र आफूहरु दुबैतिरबाट रकम असुलेको भनी उजुरी गरेका थिए । मन्त्रालयले यस विषयमा अध्ययन गर्न डा. समीर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । 
 

प्रतिक्रिया दिनुहोस