चितवनमा दुई कोरोना संक्रमितको मृत्यु, ११७ थपिए

सफल खबर संवाददाता

मंगलबार, २२ असार २०७८, १६ : ०५
चितवनमा दुई कोरोना संक्रमितको मृत्यु, ११७ थपिए

चितवन । चितवनका अस्पतालमा पछिल्लो २४ घन्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ११७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। मृत्यु भएका दुबै जना भरतपुर अस्पतालमा उपचाररत थिए । 

स्वास्थ्य कार्यालय चितवनका अनुसार  चितवनको विभिन्न अस्पतालबाट १४ संक्रमित निको भएर घर फर्केका छन् । हाल चितवनका अस्पतालमा २१९ जना कोरोना संक्रमित बिरामीहरुले उपचार गराइरहेका छन् । 

चितवनमा संक्रिय संक्रमितको संख्या एक हजार २७१ पुगेको छ । चितवनमा कोरोना संक्रमणबाट २८७ जनाको मृत्य्ु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस