प्रधानमन्त्रीले मार्ग प्रशस्त हैन, अवरुद्धचाहिँ गर्नुभो : उपेन्द्रकेशरी न्यौपाने

रासस

आइतबार, २० असार २०७८, १३ : ५३
प्रधानमन्त्रीले मार्ग प्रशस्त हैन, अवरुद्धचाहिँ गर्नुभो : उपेन्द्रकेशरी न्यौपाने

काठमाडौं । वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रधानन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नुको साटो अवरुद्ध गरेको जिकिर गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटा तर्फबाट बहस गरेका न्यौपानेले भने–‘प्रधानमन्त्रीबाट मार्ग अवरुद्ध चाहिँ भयो । प्रधानमन्त्री जुन बाटो जानुभएको छ उहाँले मार्ग प्रशस्त गरेपछि  ७६ (५) मा आफैं जाने होइन, अरुलाई समर्थन गरेर जाने हो ।’

संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता न्यौपाने र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराबीच यस्तो सवाल जवाफ भयो : प्रधानन्यायाधीश : वैकल्पिक सरकार भनेको अर्को दलको सरकार कि, सरकारमै रहेको एमाले भित्रबाटै विकल्प खोजेको हो ? 

उपेन्द्रकेशरी : श्रीमान, राजनिति पार्टी भित्रकै व्यक्तिले सरकार बनाओस भनेको हो । विश्वासको मत नपाएपनि चुनाव गराउन सक्ने सरकार उपधारा ५ ले खोजेको छ ।  

प्रधानन्यायाधीश : एमाले भित्रका २६ जनाले देउवाकोमा समर्थन गर्नुभाको छ, यो प्रक्रिया चाहिँ वैकल्पिक सरकार हुन्जेल विघटन गर्नुहुन्न भन्ने यसअघि (फागुन ११)को  फैसलाको सिद्धान्तसँग मिल्छ ? 

उपेन्द्रकेशरी : जनमत जोगाउन आफ्नो विवेक प्रयोग गर्न दिनुपर्छ । जसपाले प्रधानमन्त्री (केपी ओली)लाई समर्थन गर्ने भए ७६ (२) मै गर्ने थियो (३) मै गर्ने थियो तर, ७६ (५) मा आएर किन गर्यो त श्रीमान्, असत्य कहिल्यै टिक्दैन, सत्य कहिल्यै मर्दैन ।

प्रतिक्रिया दिनुहोस