बोधिसत्व बिहारद्वारा स्वास्थ्य सामग्री वितरण

रासस

आइतबार, २० असार २०७८, १२ : २२
बोधिसत्व बिहारद्वारा स्वास्थ्य सामग्री वितरण

काठमाडौं । बोधिसत्व बिहार काठमाडौँले छ वटा स्वास्थ्य संस्थालाई  स्वास्थ्य सामग्री वितरण गरेको छ  । सानागाउँ, लडागडा, मौवा नगरदह, सायल, तिखा र खातिवडा स्वास्थचौकीमा कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ सामग्री वितरण गरिएको हो ।
 
ती स्वास्थ्य सामग्रीमा अक्सिजन, पिपिई, मास्क फेससिल्ड र स्यानिटाइजर लगायतका रहेका छन् ।  धनगढीदेखि स्वास्थ्य संस्थासम्म ती सामग्री  ढुवानी गर्न नेपाली कांग्रेसका नेता  लक्ष्मण खड्काले सहयोग गरेका बताइएको छ ।

उनले  जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा विद्यालयमा १० हजार सर्जिकल मास्क, स्वास्थ्य सामग्री तथा कोभिडबाट मृत्यु भएका तीन जनाको परिवारलाई तीन क्विन्टल चामलसमेत वितरण गरेका छन ।

बोधिसत्व बिहार काठमाडौँले जिल्लाका बडिकेदार र जोरायल गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा पनि स्वास्थ्य सामग्री वितरण गरिएको सामाजिक अगुवा जागृति बोगटीले जानकारी दिईन ।
 

प्रतिक्रिया दिनुहोस