चितवनमा दुई संक्रमितको मृत्यु्, २१ जना डिस्चार्ज

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, १७ : १५
चितवनमा दुई संक्रमितको मृत्यु्, २१ जना डिस्चार्ज

चितवन । चितवनका अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँका अस्पतालबाट २१ जना संक्रमित निको भएर घर फर्केका छन् । पुरानो मेडिकल कलेजमा १ र अन्य अस्पतालबाट एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । 
भरतपुर अस्पतालबाट १४ जना, चितवन मेडिकल कलेजबाट ५  जना, खैरहनी आइसोलेसनबाट एक जना र अन्य अस्पतालबाट एक जना  संक्रमित निको भएर डिस्चार्ज भएका हुन् । चितवनका अस्पतालमा २०६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । 
चितवन जिल्लामा पछिल्लो २४ घन्टामा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।


 

प्रतिक्रिया दिनुहोस