आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

सफल खबर संवाददाता

शनिबार, १९ असार २०७८, ०८ : ०२
आजको मौसम : अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी  वायुको  सक्रिय प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै तराई भूभाग नजिक  मनसुनी न्युन चापीय रेखा समेत रहेको छ।

महाशाखाको मौसम पूर्वानुमानअनुसार शनिबार दिउँसो  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ  । यस्तै कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक दखि सामान्य बदली रहनेछ । जसका कारण प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

यस्तै प्रदेश १, प्रदेश २, बागमती  प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ  । प्रदेश २ र बागमती  प्रदेशका  केही स्थानमा  धेरै भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ  ।यस्तै राति प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा कर्णाली तथा सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । 

प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका  थोरै स्थानहरुमा  मेघ गर्जन र चट्याङ्ग सहित  भारी वर्षाको सम्भावना रहेको छ  भने प्रदेश १, प्रदेश २, र गण्डकी  प्रदेशका  एक दुइ स्थानमा दिउँसो जस्तै राति पनि धेरै भारि बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस