काठमाडौं । महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यको विवाद समाधान उन्मुख पुगेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएसँगै विवाद समाधान उन्मुख भएको हो ।
सभापति शेरबहादुर देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै वरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले आपत्ति जनाउदैं निष्पक्ष छानविन गर्न दबाब दिँदै आएका थिए ।
आज भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानवीन समितिले निर्णय गर्न सक्नेगरी मापदण्ड पनि बनाएको छ। यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्ला देखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ।
प्रदेश, जिल्ला र वार्ड स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने, सहमति हुन नसके छानविन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ। बैठक पछि बोल्दै क्रियाशील सदस्य छानवीन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि बिवादित बनेको क्रियाशील सम्बन्धी बिषयले निकाश पाएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा
कांग्रेस महाधिवेशनको मिति सार्ने भित्री तयारी, क्रियाशील सदस्यता विवादले कार्यतालिका प्रभावित
प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै काँग्रेसले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ सकियो
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक