चितवनमा दुईजना संक्रमितको मृत्यु, १७ जना डिस्चार्ज

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १६ : ३७
चितवनमा दुईजना संक्रमितको मृत्यु, १७ जना डिस्चार्ज

चितवन । पछिल्लो २४ घन्टामा चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा अर्का एक जना संक्रमितको मृत्यु भएको हो । चितवनका विभिन्न अस्पतालमा १७ जना डिस्चार्ज भएका छन् ।

भरतपुर अस्पतालबाट ६ जना, चितवन मेडिकल कलेजबाट ६ जना, क्यान्सर अस्पतालबाट २ जना र अन्य अस्पतालबाट ३ जना कोरोना संक्रमित निको भएर घर फर्केका स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितवनका विभिन्न अस्पतालमा हाल ७९ जना आइसियूमा, १६ जना भेन्टिलेटरमा, ३० जनाको एचडियुमा उपचार भइरहेको छ । पछिल्लो २४ घन्टामा चितवनमा ७६ जना कोरोना संक्रमित थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस