जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १५ : १९
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

वीरगञ्ज । जंगली हात्तीको आक्रमणबाट कलैयामा एक जनाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कलैया उपमहानगरपालिका–२ निवासी ४० वर्षका रामदेव पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगलबाट आएको हात्तीले शुक्रबार बिहान साढे ८ बजे पटेललाई आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पानी परेका कारण पर्सा राष्ट्रिय निकुञ्जबाट हात्ती निस्केर मानव बस्तीमा प्रवेश गरेको प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस