काठमाडौँ । राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी रहेको बताएका छन । बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले देशलाई संकटतिर धकेलेको आरोप लगाए।
राष्ट्रिय सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले प्रतिनिधि सभा विघटन गरेर नै भए पनि नेपालको नाम गिनिज बुकमा लेख्न लागेको बताए ।
प्रधानमन्त्री ओली भित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा लिएको बताउदै उनले घुमाउरो पारामा संसद् विघटन गरेको इतिहास लेखाउन खोजेको बताए । उनले भने, अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ। र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ। तर त्यसो नगर्न सुझाव दिए ।
साथै, शर्माले एमाले एकताका लागि प्रधानमन्त्रीले आत्मासमिक्षा गर्न आग्रह गरे ।उनले हालको राजनैतिक प्रणाली प्रधानमन्त्रीय वा राष्ट्रपतिय प्रणाली हो भन्ने प्रश्न समेत उठाएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्की र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रिय सभाको रिक्त पदमा को पुग्लान् ?
राष्ट्रिय सभामा जिम्मेवारीपूर्वक प्रस्तुत हुने काँग्रेसको निर्णय
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण, निर्माणलाई तीव्रता दिन निर्देशन