काठमाडौँ । राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी रहेको बताएका छन । बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले देशलाई संकटतिर धकेलेको आरोप लगाए।
राष्ट्रिय सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका शर्माले प्रतिनिधि सभा विघटन गरेर नै भए पनि नेपालको नाम गिनिज बुकमा लेख्न लागेको बताए ।
प्रधानमन्त्री ओली भित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा लिएको बताउदै उनले घुमाउरो पारामा संसद् विघटन गरेको इतिहास लेखाउन खोजेको बताए । उनले भने, अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ। र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ। तर त्यसो नगर्न सुझाव दिए ।
साथै, शर्माले एमाले एकताका लागि प्रधानमन्त्रीले आत्मासमिक्षा गर्न आग्रह गरे ।उनले हालको राजनैतिक प्रणाली प्रधानमन्त्रीय वा राष्ट्रपतिय प्रणाली हो भन्ने प्रश्न समेत उठाएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ असार २०७८, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन पाउने मतदाताको नामावली पुस १९ गते प्रकाशन हुने
सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको प्रश्न - तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ?
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
राष्ट्रिय सभा सदस्यहरूले भने : ‘अबको एजेन्डा प्रतिनिधि सभा पुनर्स्थापना होइन, चुनाव नै हो’
अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता
राष्ट्रिय सभा : विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै