कोरोना अपडेट : थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ असार २०७८, १६ : ४४
कोरोना अपडेट : थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।

यस्तै गत चौबीस घन्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन् भने देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षण भएको छ।
 

प्रतिक्रिया दिनुहोस