तनहुँ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले बताए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए । घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ असार २०७८, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु
पहिरोमा परी इलाममा एकै परिवारका ६ जनाको मृत्यु, चार घाइते
धादिङमा पृथ्वीराजमार्गका चार ठाउँमा पहिरो, सडक एकतर्फी
पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)
'तुइनखोलाको पहिरो हटाउन समय लाग्ने भयो'
पर्वतमा पहिरोले ६ घर भत्किए, १० घर उच्च जोखिममा