तनहुँ । बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले बताए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए ।
पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताए । घटनास्थल जाने बाटोहरु पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १७ असार २०७८, ०९ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु