बागमती । बागमती प्रदेशसभा बैठक आगामी असार १७ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले असार १७ गते ३ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।
उक्त बैठकमा प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्य माथि छलफल हुने जनाइएको छ ।
गत असार १ गते बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे लगत्तै स्थगित भएको प्रदेश सभा बैठक हाल सम्म पनि बस्न सकेको थिएन ।
प्रदेश सरकारले आगामी आर्थिक वषको लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ गरी कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ असार २०७८, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशसभा बैठक बिहीबारसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको अधिवेशन १५ गते बोलाउने मन्त्रिपरिषद्को निर्णय
बागमती प्रदेशसभामा विधेयक दर्ता
चिट्ठा विधेयक विवादबीच आज बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको बैठक शनिवार बस्ने
बागमती प्रदेशसभामा ४ वटा विधेयक पेस