पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १४ असार २०७८, १६ : २५
पछिल्लो २४ घण्टामा २ हजार ४४४ जनामा संक्रमण पुष्टि, ४२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ४० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ५ सय ९ र एन्टिजेन विधिबाट ९ सय ३५ रहेका छन् ।

यही अवधिमा थप ३ हजार ८ सय ५३ जना निको भएका छन् भने थप ४२ जनाको मृत्यु भएको छ ।