धनगढी । कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।
पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश साकी रहेको प्रहरी नायब उपरीक्षक शाहीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार पक्राउ परेका घताने सुन व्यवसायीसमेत हुन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुसँग सुन खरिद गरेको बिल फेला नपरेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ असार २०७८, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा ११ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सरकारसँग ६ बुँदे सहमतिसँगै व्यवसायमा फर्किए सुनचाँदी व्यवसायी
निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार?
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
सुनको मूल्य स्थिर,चाँदीको मूल्य कति ?