प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, देउवा नै प्रधानमन्त्री बन्छन्: उपेन्द्र यादव

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १६ : ०७
प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ, देउवा नै प्रधानमन्त्री बन्छन्: उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना हुने दावी गरेका छन् । उनले शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र छिटै ओली सत्ताच्यूत हुने बताए । 

शनिबार सप्तरीमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘देउवा नै प्रधानमन्त्री बन्छन्, संसदको पनि पुर्नस्थापना हन्छ । लोकतन्त्रको रक्षा हुन्छ । हामी यसमा ढुक्क भएर बसेका छौँ ।’ 

उनले ओली सरकारमा मन्त्री भएका पार्टीमा फर्कन सक्ने बताए । उनले भने, ‘राजनीतिमा केही पनि असम्भव छैन ।  बाटो परिवर्तन गरेर अग्रमगमनको बाटोमा आई आत्मोलचना गरे पार्टीमा रहन सक्नुहुन्छ’ ।

अध्यक्ष यादवले सरकारले कुनै माग पूरा नगर्दा पनि जसपाका कतिपय नेताहरु सरकारमा गएको टिप्पणी गरे । ‘कसैको मुद्दा फिर्ता भएको छैन, कुनै माग पूरा भएको छैन’ अध्यक्ष यादवले भने, ‘केपी ओलीले त मधेशको माग सुन्नै चाहेका छैनन् । माग कसरी पूरा गर्छन् ?’

नागरिकताको विषयमा प्रधानमन्त्री ओलीले ठूलो खेल खलेको यादवले आरोप लगाए । संसदमा टेबुल भइसकेको नागरिकता विधेयकलाई संसदभित्रै पारित नगराई अध्यादेशबाट ल्याइएको भन्दै उनले भने, ‘एकातिर अध्यादेश जारी गरे, अर्कोतर्फ आफ्नै मान्छे लगाएर खारेज गर्न लगाए ।’ ओलीको सरकारमा सहभागी भएकाहरु पार्टीमा पुनः आउन सक्ने उनले बताए ।


 

प्रतिक्रिया दिनुहोस