पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २७ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १७ : ३०
पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७ सय २१ र एन्टिजेन विधिबाट ७ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८ हजार ९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।