नाफा कमाउन नभइ घाटा कम गर्न मूल्य वृद्धि गरेको हो : नेपाल आयल निगम

सफल खबर संवाददाता

शुक्रबार, ११ असार २०७८, १६ : ५३
नाफा कमाउन नभइ घाटा कम गर्न मूल्य वृद्धि गरेको हो : नेपाल आयल निगम

काठमाडौं। नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपरेको बताएको छ ।

निगमका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको भाउ अनपेक्षित रुपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पद्धार्थको मुल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए ।

हाल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभई कम्पनीको नोक्सानीलाई घटाउनको लागि मुल्यवृद्धि गरीएको  प्रष्ट्याए । आगामी दिनमा पनि मुल्यवृद्धि हुनसक्ने उनको भनाई छ ।

आयल निगमले असार ९ गते राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल÷मट्टीतेलको साबिकको विक्रि मुल्यमा २ रुपैयाँ वृद्धिगरी नयाँ खुद्रा विक्रि मुल्य लागू गरेको छ । यस अनुसार अहिले पेट्रोलको मूल्य प्रति लिटर १२७ रुपैयाँ र डिजेल÷मट्टीतेलको मूल्य लिटरको ११० रुपैयाँ पुगेको छ ।

यसैगरी आन्तरिक उडानको हवाइ इन्धनमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाइ इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ विक्रि मुल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ ।यति वृद्धि गर्दापनि निगम अझै पनि घाटामा नै रहेको पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस