कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ संक्रमित थपिए , ८१ जनाकाे मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १६ : ५२
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ संक्रमित थपिए , ८१ जनाकाे मृत्यु

कामठाडौं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पीसीआर विधिमा १५११ र एन्टिजेनमा ९१० जनामा संक्रमण पुष्टि भएको छ ।  संक्रमितमध्ये काठमाडौंमा ३४६ जना, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जना गरी कुल ४९७ जनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् । 

सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेशनमा ३ हजार २३४ जना रहँदा अरु संक्रमित होम आइसोलेशनमा रहेका छन् ।