कोरोना अपडेट : थप ४ हजार ५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १६ : ५४
कोरोना अपडेट : थप ४ हजार ५२२ जनामा संक्रमण पुष्टि, ४१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय २२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ ।

१६ हजार ९ सय १३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ७ सय ३ र एन्टिजेन विधिबाट ८ सय १९ जनामा संक्रमण पुष्टि भएको हो । 

यही अवधिमा थप ४ हजार ९ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने ४१ जनाको मृत्यु भएको छ ।