फुटबल टिमको बन्द प्रशिक्षणका लागि ५० जना खेलाडी छनोट

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १२ : ०३
फुटबल टिमको बन्द प्रशिक्षणका लागि ५० जना  खेलाडी छनोट

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले क्लोज क्याम्पका लागि ५० खेलाडी छनोट गरेका छन् ।साफ च्याम्पियन र एसियन कपको अन्तिम चरणको छनोटको तयारीका लागि उनले खेलाडी छनोट गरेका हुन् ।

नेपाली टिमको प्रशिक्षण जुलाई १ देखि एन्फा कम्प्लेक्समा सुरु हुने एन्फाले जनाएको छ ।प्रशिक्षण दैनिक दुई पटक बिहान १० बजे र दिउँसो ४ बजे हुनेछ ।

प्रतिक्रिया दिनुहोस