मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज पुनः सुनुवाइ

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, १० : ४६
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेको रिटमाथि आज पुनः सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा मंगलबार पुनः सुनुवाइ हुँदै छ । सर्वोच्चले आज दुवै पक्षलाई छलफलका लागि बोलाएपछि सुनुवाई हुन थालेको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई विपक्षी बनाउँदै मन्त्रिपरिषद पुनर्गठनविरुद्ध रिट दायर गरेका थिए ।  कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक हुने भन्दै रिट निवेदकले अन्तरिम आदेशमार्फत बदर गर्न माग गरेका छन् ।

गत जेठ २५ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस