आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा विपक्षी गठवन्धन

एक दुई दिनभित्रै कार्यक्रम घोषणा गर्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, ०८ : २३
आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा विपक्षी गठवन्धन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, स्वेच्छाचारी र जे मन लाग्यो त्यही गर्ने प्रवृतिको विरोधमा विपक्षी गठबन्धनले संर्घषका कार्यक्रम घोषणा गर्ने तयारी गरेका छन् । ओली प्रवृतिका विरुद्ध देशब्यापी जनमत निर्माणमा लाग्नुपर्ने निश्कर्षका साथ विपक्षी कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र बाबुराम पक्ष, एमालेकै माधव नेपाल पक्ष र राष्टि«य जनमोर्चा गरी ५ दलीय गठबन्धनले संर्घषको कार्यक्रम घोषणाको आन्तरिक तयारी शुरु गरेका छन् ।

कोभिड १९ लाई पनि मध्यनजर गरेर विपक्षी गठबन्धनले ५० जना भन्दा कम मानिसहरुको उपस्थितीमा पनि सामाजिक दुरी कायम गरेर कसरी प्रभावकारी आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिन्छ भनेर केही दिन यता टिम नै बनाएर आन्तरिक छलफल गरेका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले नै संर्घषका कार्यक्रम घोषणा गर्ने गरी केही तयारी गरेपनि अन्तिममा रोकिएको थियो ।

सिन्धुपाल्चोक लगायतका देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भईरहेका बेला आन्दोलनका कार्यक्रम घोषणा गर्दा मानवियताका हिसावमा पनि अलिक नसुहाउने देखेपछि उनीहरुले आइतबार नै घोषणा गर्न लागेको संर्घषका कार्यक्रमलार्इ केही दिन पछि सार्ने निश्कर्ष निकालेका थिए ।

कोभिड १९ लाई पनि मध्यनजर गरेर विपक्षी गठबन्धनले ५० जना भन्दा कम मानिसहरुको उपस्थितीमा पनि सामाजिक दुरी कायम गरेर कसरी प्रभावकारी आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिन्छ भनेर केही दिन यता टिम नै बनाएर आन्तरिक छलफल गरेका छन् । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले नै संर्घषका कार्यक्रम घोषणा गर्ने गरी केही तयारी गरेपनि अन्तिममा रोकिएको थियो ।

माधव नेपाल समुहको पनि बलियो साथ गठबन्धनै रहने प्रतिवद्धता र प्रदेश १, वाग्मति प्रदेश र लुम्विनी प्रदेशसम्मका सरकार ढालेर विपक्षी गठबन्धनको अनुकुल सरकार निर्माणको बाताबरण बनाउन जुटने साझा निश्कर्ष समेत निकालेको यो गठवन्धनले देशब्यापी ओली प्रवृत्तिका विरुद्ध जनमत निर्माणमा अब लाग्नुपर्ने निश्कर्ष निकालेका थिए ।

सोही आधारमा विपक्षी गठबन्धनले आन्दोलन कार्यक्रमको एउटा सामान्य रुपरेखा बनाएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार पार्टी केन्द्रीय समिति बैठकलाई गराएको जानकारी अनुसार, कोभिडकै सन्दभर्मा सामाजिक दूरी कायम गदै थोरै मान्छेहरुले गर्ने प्रभावकारी कार्यक्रमका रुपरेखा विपक्षी गठबन्धनले तयार पारिसकेका छन् ।

त्यस्तो कार्यक्रमहरु के हुन सक्छन् ? भन्नेमा पनि प्रचण्डले पार्टी नेताहरुलाई प्रष्ट संकेत गरिसकेका छन् । उनले पार्टी बैठकमा ब्यक्त गरेको भनाई उदधृत गर्र्दै एक केन्द्रीय सदस्यले सफलखबरसँग भने, –‘देशभरी कालो झण्डा हुन सक्छ, देशभरी प्रतिगमनकारीहरुको पुत्ला जलाउने हुनसक्छ, देशभरी ५० भन्दा कम मानिसहरु बसेर प्लेकार्ड बोकेर प्रतिगमनका विरुद्ध प्रर्दशन गर्ने हुन सक्छ, सबै देशभरका राजमार्गमा साना–साना प्रदर्शन गर्ने, नाराबाजी गर्ने हुनसक्छ, यावत र अहिले यो स्वेच्छाचारी ढंगले मनपरी गरेर मन्त्री नियुक्ति जुन तरिकाले गरिएको छ, ति मन्त्रीहरुलाई जिल्ला–जिल्लामा बहिष्कार गर्ने, उनका विरुद्ध प्रदर्शन गर्ने साना–ठूला ती कार्यक्रमहरु हुनसक्छन् ।

यो बारेमा छलफल भएर हाम्रो ५ दलकै एउटा टिम पनि छ । त्यसो गर्न जिम्मा दिइएको छ । उहाँहरुले त्यो बनाउनुभएको छ । एक दुई दिन पछि ति कार्यक्रमहरु आउँछन् ।’ अहिले बाढी–पहिरोले ठूलो जनधनको क्षति भएकाले यही बेला कार्यक्रम घोषणा गर्दा जनताको संवेदशनशीलतालाई विचार गरेर केही दिन रोकौं भनेर रोकिएको पनि प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस