झण्डै डेढ महिनादेखि रोकिएको ‘कमेडी च्याम्पियन सिजन–२’ प्रशारणमा ल्याउने तयारी

सफल खबर संवाददाता

सोमबार, ०७ असार २०७८, १२ : ५४
झण्डै डेढ महिनादेखि रोकिएको ‘कमेडी च्याम्पियन सिजन–२’  प्रशारणमा ल्याउने तयारी

काठमाडौं । कोरोना भाइरस महामारीको कारण झण्डै डेढ महिनादेखि रोकिएको टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ संचालनमा ल्याउने तयारी भएको छ ।

भाइरसले सिर्जना गरेको परिस्थितिका कारण छायांकन सम्भव नहुँदा रियालिटी शोको प्रशारण रोकिएको थियो । निषेधाज्ञा केही खुकुलो भएपछि आयोजकले स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गर्दै शोलाई प्रशारणमा ल्याउने तयारी गरेको हो ।

निर्णायकमध्येका एक मनोज गजुरेलका अनुसार शोलाई आगामी सातादेखि प्रशारणमा ल्याउने तयारी छ । ‘यस सातादेखि छायांकन सुरु गर्ने र आगामी सातादेखि प्रशारणमा ल्याउने गरि छलफल भईरहेको छ’– उनले भने । उनका अनुसार प्रतियोगीहरुलाई मात्र सहभागी गराएर छायांकन गर्ने तयारीमा निर्माणपक्ष छ ।
 

प्रतिक्रिया दिनुहोस