पछिल्लो २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०६ असार २०७८, १६ : ३९
पछिल्लो २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार  ४ सय ४२ जना कोभिड-१९ बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९ सय ५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु भएको छ । ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन् । काठमाडौं उपत्यकामा आइतबार ५ सय ४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् ।

परीक्षण भएकामध्ये संक्रमण पत्ता लाग्ने प्रतिशत २१.३ प्रतिशत छ । मुलुकमा ५५ हजार ५३२ सक्रिय संक्रमित छन् । ४२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् ।

१४ दिनमा केही जिल्लामा संक्रमण बढ्दो क्रममा देखिएको मन्त्रालयले जनाएको छ ।