काठमाडौं । अर्थसहित दुबै सांसदले मन्त्री नपाए समर्थन फिर्ता लिने चेतावनी दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जनता समाजवादी पार्टीका दुवै सांसदलाई मन्त्री बनाउन सहमत भएका छन् ।
पोखरेलले प्रदेशसभामा विश्वासको मत लिनुअघि नै जसपासँग गरेको लिखित सहमतिमा जसपालाई अर्थसहित २ मन्त्रालय दिने उल्लेख थियो । अर्थसहित दुई मन्त्रालय नपाए पोखरेलको सरकार नै ढल्ने अवस्था देखिएपछि जसपाका दुबैलाई मन्त्री दिन पोखरेल सहमत भएका हुन् ।
गण्डकी प्रदेशमा रहेका जसपाका २ सांसदमध्ये हरिशरण आचार्य मन्त्रिपरिषदमा समावेश भइसकेका छन् । धनमाया पोखरेल लामा मन्त्री बन्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ असार २०७८, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने
जसपाले गर्यो विधान संशोधन
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार्य छैन: जसपा नेपाल
जनमतसहितका विभिन्न पार्टीका नेता-कार्यकर्ता जसपा नेपालमा प्रवेश
जसपा बैठकमा बिषयगत छलफल