नयाँ दिल्ली । दुई महिनाअघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ६० हजार संक्रमित थपिएका छन् । दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५ सय ८८ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३ सय ५२ पुगेको छ । भारतमा ७ लाख ३६ हजार १ सय ६५ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकै दिन १ हजार २ सय ३९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७ सय ४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ असार २०७८, १० : ५३
लेखकबाट थप