कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १६ : ४३
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।

हाल देशभर ५७ हजार ६१८ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार १० पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ८८ र ४ हजार ६८६ एन्टिजेन परीक्षण गर्दा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अुनसार गत २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।