चितवनमा दुई जना संक्रमितको मृत्यु, ५४ थपिए

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १६ : ३७
चितवनमा दुई जना संक्रमितको मृत्यु, ५४ थपिए

चितवन । चितवनका अस्पतालहरुमा आज एकैदिन २ जना संक्रमितको मृत्यु भएको छ । आज एकैदिन चितवनमा ५४ जना संक्रमित थपिएका छन् । 
विगत २४ घण्टामा २४ जना चितवनका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजमा १ जना र पुरानो मेडिकल कलेजमा १ जना संक्रमितको मृत्यु भएको छ । चितवनका अस्पतालको आईसीयू र भेन्टिलेटरमा गरेर ११९ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । एचडीयूमा ३७ जना, जनरल बेडमा १०५ जनाले उपचार गराइरहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार  चितवनमा हालसम्म २६२ जना संक्रमितको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस